back

१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से

nactional life

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर २ हजार ६ सय २३.७० बिन्दुमा उक्लेको हो । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो तर्फ उकालो लागेको हो ।

आज कारोबारमा आएकामध्ये २२४ कम्पनीको शेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । १ लाख ८ हजार ९ सय ८ पटकको कारोबारमा २ करोड ३२ हजार २ सय २४ कित्ता शेयर किनबेच भएर ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनमा बढेको हो ।

यसदिन सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स र सिवम सिमेन्ट लगायतका अधिकांश कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर ६७९.८० रुपैयाँमा अन्तीम कारोबार भएको छ । भुगोल इनर्जीको शेयर मूल्य पनि १० प्रतिशतले बढेर ६३४.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पीको शेयर मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घटेर ७३१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी हिमालयन एभ्रेष्ट बैंकको शेयर मूल्य ५.६६ प्रतिशतले घटेर ५२८.३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस्तै, यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

यसअघि जेनजी आन्दोलन पश्चात बन्द रहेको शेयर कारोबार बिहीबार देखि पुनः सञ्चालनमा आएको थियो । कारोबार सुरु भएको पहिलो दिन बजार निरन्तर ओरालो लागिरहेको थियो ।

बिहीबार बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । पहिलो सर्किट ब्रेकपछि फेरी खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो ।

त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरी  नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा उक्त दिन बजारमा कुल ६ मिनेटजति मात्रै कारोबार भएको थियो । उक्त दिन नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...