back
himalayan life

घरजग्गा व्यवसायप्रति नकारात्मक बुझाइ छ, यसलाई चिरौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा व्यवसायप्रति आम जनताको नकरात्मक बुझाई रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेका बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले घरजग्गा व्यवसाय गर्नेहरुले जनताको लागि नभएर आफ्नो फाइदाको लागि मात्र गरेको हुन् भन्ने धारणा रहेको बताउँदै यसलाई चिर्न जरुरी रहेको बताएका हुन् ।

उनले भने,‘अहिले साच्चै घरजग्गा व्यवसाय गर्ने तथा घरजग्गा आवास व्यवसाय गर्ने निकायहरुले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश अझै छर्न सकिएको छैन् । बुझाई के छ भने घरजग्गा व्यवसाय गर्नेहरुले आफ्नो फाइदाको लागि मात्र गरेको हुन् हाम्रो निम्ति गरेको होइनन् भन्ने धारणा छ। यसलाई चिर्न जरुरी छ ।’

त्यस्तै उनले महासंघले आफ्नो उद्देश्य, लक्ष्य, नीति, विधि र कानुन अनुसार अगाडि बढेर गर्ने कार्यहरुमा भएका भ्रमलाई चिर्ने कुरामा पहिलो प्राथमिकता दिएर लाग्नुपर्ने बताए । जबसम्म भ्रमलाई चिरेर अगाडि बढ्न सकिँदैन् तबसम्म व्यवसाय फस्टाउन पनि नसक्ने उनको भनाइ छ ।

उनले भने,‘महासंघले हाम्रो उद्देश्य, लक्ष्य, नीति, विधि र कानुनअनुसार अगाडि बढेर गर्ने कार्यहरुमा कहिँकतै भ्रम छ भने त्यसलाई चिर्ने कुरामा तपाईहामी पहिलो प्राथमिकता दिएर लाग्नुपर्छ । किनकी जबसम्म यसलाई चिरेर अगाडि बढ्न सकिँदैन् तबसम्म व्यवसाय फस्टाउन पनि सक्दैन् ,सहज किसिमले लैजान पनि सक्दैनौं ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...