back

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राखेर घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले १९ बुँदे माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे ।बिहीबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हाे ।

विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनु पर्ने र हरेक वर्ष मुद्रास्फीती दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग संघको छ ।

यसैगरी, उद्योगी र डिलरहरूको मुनाफा प्रतिशतमा कायम गरी ५ प्रतिशत नघट्ने व्यवस्था हुनु पर्ने माग छ । पेट्रोलियम ऐन/नियम/कानुनको निर्माण गरी एउटा छुट्टै पेट्रोलियम बोर्ड प्राधिकरण नियमन निकाय खडा गर्नुपर्ने र सोका लागि निजी क्षेत्र तथा विज्ञको सहभागितामा सुझाव आयोग गठन गर्नुपर्ने माग पनि संघको छ ।

संघले फाल्गुण १८ गतेदेखि ५९ वटै एलपी ग्यास उद्योगहरूका माग सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ ।

देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने भएका छन् । यसैगरी, संघले फाल्गुण ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने पनि भएको छ ।

फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनै पनि भन्सार नाकाबाट नछुटाउने, यसैगरी फागुन २२ गते शनिवारदेखि देशभरका ग्यास बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिने पनि संघले जनाएकाे छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:५०

काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका...

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२९

काठमाडौं । खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा...

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२३

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन...

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१६

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा...