back
skip this gaugauma singhadarbar

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा हामी सधैं रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एंव व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृहमन्त्रालय क्रियाशिल रहेको भन्दै यस विषयमा प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘नेहा रौनियार र सत्यन्द्ररामबीच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासोहरु र सदनमा सदस्यहरुले उठाउनु भएको विषयमा मेरो ध्यान गम्भिर रुपले गएको छ । यस विषयमा म र मेरो मन्त्रालय संवेदनशिल रहेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एंव व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृहमन्त्रालय क्रियाशिल छ । म अत्यन्त धेरै संवेदनशिल छु ।

म कुनै पनि प्रकारको जातिय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु र रहेको छु । म यसमा अहिले पनि र जीवभर प्रतिबद्ध रहेको कुरा जानकारी गराउन चहान्छु ।’यसको साथै, उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको लागि विद्यार्थी कालदेखि नै लड्दै आएको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन भएको बताए। उनले भने, ‘वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु मेरो जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो भन्ने ठानेको छु ।

अन्तरजातिय विवाह बारे देशमा पटक पटक विषय उठ्ने गरेका छन् । अन्तरजातिय विवाहलाई कानूनले नै मान्यता दिएको छ उक्त कानूनी विषयलाई कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय हो । गृहमन्त्रालय कानूनी व्यवस्थालाई अक्षरस कार्यान्वयन गराउन प्रतिबद्ध छ ।’उनले आफू मात्र होईन आफ्नो पार्टी नेपाली कांग्रेस पनि जातीय विभेद र छुवाछुत विरुद्ध रहेको बताए ।

nactional life -asoj
gaugauma singhadarbar

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

वि.सं.२०८२ कात्तिक १६ आइतवार १९:४४

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित...

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

वि.सं.२०८२ कात्तिक १६ आइतवार १७:३६

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०९:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा...