back

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ ।

कम्पनीका अनुसार ‘कम्बो–२९९’ प्याकको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो । सोहीअनुसार अन्य २८ दिने सबै प्याकेजहरू पनि वैशाख ११ गतेदेखि लागू हुनेगरी केही मूल्य समायोजनसहित ३० दिन अवधिका बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।

यस परिवर्तनबाट ग्राहकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ । अब महिनामा एकपटक मात्रै रिचार्ज गर्दा पुग्ने भएकाले सेवा प्रयोग अझ सहज हुने कम्पनीको भनाइ छ । साथै, उही मूल्यमा दुई दिन थप सेवा पाउने भएकाले डेटा, भ्वाइस र एसएमएस प्रयोगमा ग्राहकलाई अतिरिक्त सुविधा प्राप्त हुनेछ ।

एनटिसीले यसलाई उपभोक्तामैत्री सुधारको रूपमा प्रस्तुत गरेको छ । यस्तो व्यवस्थाले खर्च व्यवस्थापनलाई सहज बनाउने र ग्राहक सन्तुष्टि बढाउने विश्वास गरिएको छ । साथै, यसले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धालाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:२६

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन,...

खल्तीमार्फत अब ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा स्वतः सहभागिता हुने

खल्तीमार्फत अब ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा स्वतः सहभागिता हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:२३

काठमाडौं । अब आईएमई खल्ती (खल्ती) का प्रयोगकर्ताले नेपाल सरकारको...

शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५६

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपले बढेको छ...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...