back

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार, दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

यसअघि पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ । सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा चीनबाट थप लगानीको अपेक्षा पनि व्यक्त गरे ।

त्यसैगरी, राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...