back

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले पायो ‘क्यूएए’ प्रमाणपत्र

काठमाडौं । मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् सोल्टीमोड, काठमाडौंलाई संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्यूएए’ को प्रमाणपत्र प्रदान गरेको छ ।

विश्वबिद्यालय अनुदान आयोगले एक औपचारिक समारोहकाबीच सो प्रमाण पत्र प्रदान गरेको हो । आयोगको सभाकक्ष सानोठिमी भक्तपुरमा आयोजित उक्त कार्यक्रममा आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. वंशिधर मिश्र, क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनाल तथा क्याम्पस पदाधिकारीहरुलाई उक्त प्रमाणपत्र प्रदान गर्दै क्याम्पसले आगामी दिनमा आयोगको उद्धेश्य अनुसार गुणस्तरका लागि थप प्रभावकारी कदमहरु चाल्नु पर्ने बताउदै क्याम्पस परिवारलाई हार्दिक बधाई दिए ।

उक्त कार्यक्रममा आयोगको सदस्य सचिव प्रा. शंकर प्रसाद भण्डारीले कार्यक्रममा उपस्थित सवैलाइ स्वागत गर्दै प्रमाण पत्र प्राप्त क्याम्पसलाई बधाई दिए।

सोहीअवसरमा क्याम्पसको तर्फवाट संस्थाका उपाध्यक्ष तथा आन्तरिक गुणस्तर सुनिश्चतता समितिका प्रमुख सह प्राध्यापक जीवन प्रकाश शर्माले संस्थाको परिचय दिँदै यसले गरेका उपलब्धीहरुको सक्षिप्त चर्चा सहित गुणस्तर सुनिश्चितता प्रत्याययनको प्रमाणपत्र प्राप्त गर्नको लागि बिगत ५ बर्ष देखि गरिएका प्रयत्नहरुको चर्चा गरे ।

आयोगले क्याम्पसलाई गुणस्तर सुनिश्चतताको लागि छनौट गरेकोमा धन्यवाद दिँदै पीआटीले क्याम्पस अवलोकनका क्रममा गुणस्तर अभिबृद्धिका लागि दिएका सुझावहरुलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सो अवसरमा शैक्षिक गुणस्तर प्रत्यायनका निर्देशक प्रा।डा। रेजिना मास्केले सस्थाको क्वीएए यात्राको तथ्याक प्रस्तुत गरे ।

चिकित्सा शास्त्र अध्ययन सस्थानका नवनियुक्त डीन प्रा। डा। मोहनराज शर्माले ‘क्यूएए’ प्रमाणपत्र प्राप्त क्याम्पसलाई हार्दिक बधाई दिँदै स‌ंस्थान अन्तर्गत ४ वटा क्याम्पसले ‘क्यूएए’ प्रमाणपत्र प्राप्त गरेको जानकारी दिदै मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज्ले आगामी दिनमा अनुसन्धानका गतिविधिहरुमा थप जोड दिनु पर्ने बताए ।

सो कार्यक्रममा पीआरटीका सदस्यहरु प्रा. सुलोचना श्रेष्ठ, नविना चौलागाई तथा आयोगका सम्वन्धित कर्मचारीहरु र क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु, पूर्व क्याम्पस प्रमुख र क्याम्पस आन्तरिक गुणस्तर सुनिश्चितता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...