back

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

काठमाडौं । नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल प्राइभेट इक्विटी एशोसिएसन (एनपीईए) र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले सहकार्य गर्ने भएका छन् ।

दुई पक्षबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक सम्झौता भएको हो । नेपालका विभिन्न व्यावसायिक तथा निजी क्षेत्रका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमबीच एनपीईएका अध्यक्ष सिद्धान्तराज पाण्डे र एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा नेपालमा आकर्षक लगानीको वातावरण सिर्जना गर्न तथा नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन लक्ष्य राखिएको छ । त्यसका लागि रणनीतिक साझेदारी गर्न दुवै संस्था सहमत भएका हुन् ।

सम्झौताअनुसार एनपीईए र एमच्यामबीच मुख्यतः स्रोतको आदानप्रदान, विभिन्न कार्यक्रममा सहभागिता र बजार विश्लेषणका क्षेत्रमा सहकार्य हुने छ ।

’एमच्यामसँगको यस साझेदारीमा सामेल हुन पाउँदा हामी उत्साहित भएका छौं र यसले नेपालमा निजी क्षेत्रको प्रगतिको लागि महत्वपूर्ण भूमिका खेल्नेछ,’ एनपीईएका अध्यक्ष पाण्डेले भने, ’यस सहकार्यमार्फत हामीले ज्ञान आदानप्रदान, नयाँ लगानीका अवसरहरू पहिचान तथा व्यापार वृद्धिका लागि एक सशक्त प्रणाली निर्माण गर्ने लक्ष्य राखेका छौं ।’

एमच्यामका अध्यक्ष श्रेष्ठले नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका लागि यस्ता प्रकारका सहकार्य हुनुपर्ने बताए । ’यो साझेदारीले दुवै संस्थालाई मूल्यवान जानकारी र स्रोत प्रदान गर्ने मौका दिनुका साथै दुवै पक्षका व्यवसायहरूलाई नयाँ अवसरहरूको खोजी गर्न मद्दत पु¥याउनेछ ।’

नेपाललाई विश्वव्यापी लगानी केन्द्रका रूपमा स्थापित गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ । त्यसका लागि एनपीईए र एमच्यामले आ–आफ्ना स्रोत र विशेषज्ञता परिचालन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायको क्षेत्रमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।

सम्झौताअनुसार एनपीईए र एमच्यामले बजार अनुसन्धान र तथ्यांक आदानप्रदान गर्दै नयाँ व्यापार र लगानीका अवसरहरूको पहिचान गर्नेछन् । यसका साथै, उनीहरूले प्रमुख सरोकारवाला र निर्णयकर्तासँग सम्बन्ध विस्तार गर्दै विभिन्न मञ्चहरूमा पहुँच उपलब्ध गराउन एकअर्कालाई सहयोग प¥याउनेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...