back

शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ ।

यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले यस स्टीमरका बारेमा बोल्दै भने, “शाओमीको यस ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरले दैनिक जीवनलाई अझ सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्नेछ। हल्का तौल, फोल्ड गर्न मिल्ने सुविधा र उन्नत स्टिमिङ प्रविधिले यस स्टीमरलाई कपडाको विशेष केयर गर्न चाहने जो कोहीको लागि उपयुक्त बनाउँछ ।”

शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको तौल केवल ७७० ग्राम रहेको छ । यसको फोल्ड गर्न मिल्ने डिजाइनले यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ । यसले गर्दा यो स्टीमर घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुने कम्पनीले विश्वास गरेको छ । यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्दछ ।

कम्पनीका अनुसार यसको स्मूथ ग्लाइडिङ प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउँछ । सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।

१६० एमएल पानी ट्याङ्कीले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ भने ३० किलोपास्कलको प्रेसराइज्ड स्टीम फ्लोले उच्च स्तरको परिणाम दिने कम्पनीको भनाइ छ । खुम्चाई हटाउनका साथै यसले ९९।९९ प्रतिशत ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउने कम्पनीले दाबी गरेको छ।

शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य ४ हजार २९९ रूपैयाँ रहेको छ । यो नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...