back

नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव

nactional life

काठमाडौं । नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।

२०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रुपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।

बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् ।

त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकोमा हामी खुसी छौँ,’ ।

उनले सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको भन्दै उनले तीन वर्षको दौरानमा देशमा सयौँ मानिसका लागि रोजगारी सिर्जना भएको बताए । यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग हुनेमा आफूहरू विश्वस्त रहेको उनले बताए । स्थापनाकालदेखि हालसम्म, नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ । सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ ।

यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...