सुनको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ कात्तिक २३ शुक्रवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन बिहीबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : ११:०३ बजे






















