back

के हो ब्याजदर कोरिडोर ?, कसरी गर्छ काम ?

नेपालमा करिडोर प्रभावकारी हुन नसक्नुको कारण के हो ?

nactional life

काठमाडौं । बैंकिंङ क्षेत्रको दीर्घकालीन ब्याजदरलाई वान्छित सीमा भित्र राख्नका लागि केन्द्रीय बैंकले उपयोगमा ल्याउने उपकरणलाई ब्याजदर कोरिडोर भनिन्छ ।

यसमा केन्द्रीय बैंकले अल्पकालीन ब्याजदरलाई निश्चित दायराभित्र राखी कर्जा तथा लगानीको ब्याजदरलाई वाञ्छित स्तरमा राख्ने तथा त्यस्ता ब्याजदरहरुमा हुने उतार चढाव नियन्त्रण गर्ने उदेश्य राखेको हुन्छ ।

कसरी नियन्त्रण गर्दछ ?

बैंक तथा वित्तिय संस्थाहरुलाई छोटो अवधिको लागि तरलता-लगानी योग्य रकमको आवश्यकता भएमा अन्तर बैंक बजारबाट ऋण लिएर वा केन्द्रीय बैंकले संचालन गर्ने खुला बजार कारोबारमा सहभागी भएर उक्त आवश्यकता पुरा गर्दछन । एउटा बैंकले अर्को बैंकबाट अल्पकालीन ऋण लिँदा तिर्नुपर्ने ब्याजदरलाई अन्तर बैंक ब्याजदर भनिन्छ ।

यदि बैंकहरुसंग तरलता अभाव छ भने यस्तो ब्याजदर बढ्दै जाने सम्भावना हुन्छ भने अधिक तरलताको समयमा यस्तो दर ज्यादै न्युन हुने सम्भावना हुन्छ । अन्तर बैंक ब्याजदरमा वृद्धि हुदै जादा बचत तथा कर्जाको ब्याजदर बढ्दै जाने तथा अन्तर बैंक ब्याजदर घट्दै गएमा बचत तथा कर्जाका ब्याजदरहरु समेत घट्दै जाने सम्भावना हुन्छ ।

ब्याजदरमा हुने उतारचढावले लगानीलाई हतोत्साहित गर्ने तथा वितीय क्षेत्रको स्थायित्वमा समेत चुनौती खडा गर्ने भएकाले अल्पकालीन ब्याजदरको उतारचढाव नियन्त्रण गरी ब्याजदर स्थायित्व प्रदान गर्नु केन्द्रीय बैंकको एक प्रमुख उदेश्य हो ।

कसरी कार्य गर्दछ ?

ब्याजदर कोरिडोरमा अन्तर बैंक ब्याजदर तोकिएको दायरा बाहिर जाने सम्भावना भएमा केन्द्रीय बैंकले आवश्यकता अनुसार बैंकिंग प्रणालीमा तरलता प्रबाह गर्ने तथा उक्त प्रणालीबाट तरलता प्रसोचन गर्ने कार्य गर्दछ ।

नेपालको सन्दर्भमा हाल ब्याजदर करिडोरको माथिल्लो सीमा ५ प्रतिशत तोकिएको छ भने तल्लो सीमा १ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकको नीतिगत दर भने ३.० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको मुख्य ध्येय अल्पकालीन ब्याजदरलाई आफ्नो नीतिगत दर ३ प्रतिशतको वरिपरि अङ्कुशित गरेर राख्ने तथा अल्पकालीन ब्याजदर लाई १–५ प्रतिशतको दायरा भन्दा बाहिर जान नदिने रहेको हुन्छ ।

यदि बैंकिंग प्रणालीमा तरलताको अभाव भएमा अन्तर बैंक ब्याजदर ५ भन्दा माथि जाने सम्भावना हुन्छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले नितिगत् दरमा रिपो जारी गरी बैंकिंग प्रणालीमा तरलता प्रवाह गर्ने गर्दछ । यसले गर्दा अल्पकालीन ब्याजदर तोकिएकै सीमा भित्र रहन जान्छ ।

के अल्पकालीन ब्याजदरले दीर्घकालीन ब्याजदरलाई वान्छित मार्गमा डोर्याउन सक्दछ ?

अर्थतन्त्रमा मुद्रा बजार तथा पूँजी बजार विकशित तथा कुसल भएको अवस्थामा अल्पकालीन ब्याजदर तथा दिर्घकालीन ब्याजदरहरु एउटै दिशामा परिवर्तन हुन्छन् । जसले गर्दा अल्पकालीन ब्याजदरमा आउने परिवर्तनले दिर्घकालिन ब्याजदरलाई समेत सोही दिशामा डोर्याउने काम गर्दछ ।

नेपालमा करिडोर प्रभावकारी हुन नसक्नुको कारण के हो ?

अर्थतन्त्रमा मुद्रा बजार विकशित नभैसकेको हुँदा अल्पकालीन ब्याजदर तथा दिर्घकालीन ब्याजदरबीचको सम्बन्ध कमजोर छ । अर्थतन्त्रको वित्तीय संरचना बिकसित नभैसकेका कारण मुद्राको ब्याजदर प्रसारण संयन्त्रले प्रभावकारी काम गर्न सकेको छैन । ब्याजदर करिडोरको लागि ‘ओभरनाइट डिपोजिट फ्यासिलिटी’ को व्यवस्था गर्न सकिएको छैन । बाहय निर्भरता,सरकारी खर्च समयमा हुन नसक्ने समस्या तथा अन्य संरचनागत कारणले तरलताको प्रक्षेपण गर्ने कार्य चुनौतीपूर्ण छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार १२:४१

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले...

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...