back

सिप्रदीले पशुपति दर्शन यातायातलाई दियो १० टाटा बीएस६ बस

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई १० वटा अत्याधुनिक र सुविधासम्पन्न टाटा एलपीओ१६२२/६२ बीएस६ मगना बस हस्तान्तरण गरेको छ।

रुपन्देहीको पत्थर डाँडामा एक कार्यक्रमका बीच आज सिप्रदीले त्रिशक्ति यातायातलाई उक्त बस हस्तान्तरण गरेको हो। त्रिशक्ति यातायात पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिजस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो।

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको बताए। टाटा एलपीओ१६२२/६२ बीएस६ मगना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने बताइएको छ।

‘अत्याधुनिक बीएस६ इन्जिन, लक्जरीयुक्त सिट र लामो दुरीका लागि विशेषरुपमा तयार पारिएका यी मगना गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्‍याउने विश्वास हामीले लिएका छौँ। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ’, कार्यक्रममा बोल्दै सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...