back
skip this gaugauma singhadarbar

सिप्रदीले पशुपति दर्शन यातायातलाई दियो १० टाटा बीएस६ बस

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई १० वटा अत्याधुनिक र सुविधासम्पन्न टाटा एलपीओ१६२२/६२ बीएस६ मगना बस हस्तान्तरण गरेको छ।

रुपन्देहीको पत्थर डाँडामा एक कार्यक्रमका बीच आज सिप्रदीले त्रिशक्ति यातायातलाई उक्त बस हस्तान्तरण गरेको हो। त्रिशक्ति यातायात पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिजस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो।

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको बताए। टाटा एलपीओ१६२२/६२ बीएस६ मगना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने बताइएको छ।

‘अत्याधुनिक बीएस६ इन्जिन, लक्जरीयुक्त सिट र लामो दुरीका लागि विशेषरुपमा तयार पारिएका यी मगना गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्‍याउने विश्वास हामीले लिएका छौँ। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ’, कार्यक्रममा बोल्दै सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने।

nactional life -asoj
gaugauma singhadarbar

माउन्टेन इनर्जीको लाभांश घोषणा

माउन्टेन इनर्जीको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४६

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य...

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

वि.सं.२०८२ कात्तिक १९ बुधवार १२:०४

काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

सुन र चाँदीको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?

सुन र चाँदीको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ११:५९

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको...

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

वि.सं.२०८२ कात्तिक १७ सोमवार १३:०२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख...