back

पोखरा महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति खारेज

पोखरा । पोखरा महानगरपालिकाले २०८० फागुनमा विगतदेखि काम गर्दै आएका १२९ जना करार कर्मचारीलाई स्थायी नियुक्ति दियो । दुई चरण गरेर उनीहरू स्थायी भएका थिए । स्रोतका अनुसार ती कर्मचारीलाई स्थायी नियुक्ति दिँदा राम्रै आर्थिक चलखेल पनि भएको छ ।

यद्यपि आधिकारिक प्रमाण कसैले निकालेका छैनन् । इन्जिनियर महेन्द्रबहादुर गोदार, कार्यक्रम अधिकृत दुर्गा न्यौपाने, सरसफाइ शाखाकी तत्कालीन प्रमुख कल्पना बराल, सविता ढुङ्गाना लगायत कर्मचारीहरूले स्थायी नियुक्ति लिएका थिए ।

उक्त नियुक्तिका लागि महानगरपालिकाले अपनाउनुपर्ने कानुनी प्रक्रिया भने पूरा गरेको थिएन । लोकसेवा आयोगका प्रतिनिधि समेत स्थायी नियुक्तिका लागि हुने परीक्षामा सामेल गराउनुपर्नेमा आयोगका प्रतिनिधि उपस्थित थिएनन् । ‘आन्तरिक परीक्षा लिएका थिए । मौखिक परीक्षा पनि लिएको थियो,’ स्थायी भएका एक कर्मचारीले भने, ‘सबै प्रक्रिया पूरा भएको हो । तर लोकसेवा आयोगका प्रतिनिधि चाहिँ थिएनन् ।’ महानगरले प्रयोगमै नरहेको स्थानीय स्वायत्त शासन नियमावली २०५६ लाई टेकेर नियुक्ति दिएको हो । सोही आधारमा परीक्षा लिने भनेपछि आयोगका प्रतिनिधि उपस्थित नभएका स्रोतले भन्यो ।

‘आयोगलाई खबर थियो । तर स्वायत्त शासन नियमावली अनुसार स्थायी गर्ने भनेपछि मरिसकेको ऐनका आधारमा काम गर्न मिलेन नि । त्यस्तोमा आयोग सामेल हुन भएन भने कोही आएनन्,’ स्रोत भन्छ, ‘स्थानीय सरकार सञ्चालन ऐनका आधारमा स्थायी गर्नुपर्ने हो । कोही पनि नयाँ व्यवस्थाअनुसार पास नहुने भएपछि आयोगलाई वास्तै नगरी महानगरले मनमौजी हिसाबले स्थायी गरिदियो । यो गलत छ ।’ अहिले प्रदेश लोकसेवा आयोगले तत्कालीन समयमा गरिएका सबै नियुक्ति खारेज गरिदिएको छ । आयोगको १३ गतेको बैठकबाट उक्त नियुक्ति खारेजीको निर्णय भएको हो ।

महानगरले स्थायी पदपूर्तिका लागि २०८० कात्तिक २३ गते सूचना प्रकाशन गरेको थियो । त्यसपछि विभिन्न चरण पार गरेर दुई चरणमा नियुक्ति दिइएको हो । कार्यवाहक मेयर मोति तिमिल्सिना अदालतको आदेश बमोजिम नै स्थायी गरिएको बताउँछन् ।

‘कर्मचारीहरूले वृत्ति विकासमा अवरोध भएको र स्थायी हुन नपाएको भन्दै अदालतमा मुद्दा दिएका थिए । अदालतको आदेश बमोजिम नै प्रक्रियामा गएरै स्थायी गरेको हो,’ उनले भने, ‘अब आयोगको आदेशबारे महानगरमा छलफल हुन्छ । उपयुक्त निर्णय गर्छौँ ।’

महानगरका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख कृष्ण तिवारीका अनुसार ती कर्मचारीहरू एक पटक १९ जना र अर्को पटक ११० जना गरेर स्थायी रूपमा नियुक्त भएका थिए । सर्वोच्च अदालतले २०६४ साल भन्दा अगाडीदेखि कार्यरत कर्मचारीको हकमा आवश्यक प्रक्रिया पूरा गरेर स्थायी गर्न आदेश दिएको थियो । आयोगको आदेश सँगै स्थायी नियुक्त भएका १२९ जना नै स्वतः करारमा झरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय

सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १६:४०

काठमाडौं । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५५

बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को....