back

हिमालयन हाइड्रो एक्स्पोमा भिडियो पठाउँदा ४४ हजार पाइने

काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने ‘जलविद्युत उत्पादन र सेवा प्रतियोगिता’ आयोजना गर्न लागिएको हो ।

नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्व दर्शाउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । हरेक प्रतिस्पर्धाका बिजेताले ४४/४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

शर्ट भिडियो बनाउँदा ९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्व दर्शाउनुपर्ने छ । उक्त भिडियोहरु आयोजक संस्था इप्पानको वेवसाइट, इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेवसाइट, हिमालयन हाइड्रो एक्स्पोको वेवसाइट तथा अफिसियल सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम, युट्युब, लिङ्कडिन लगायतमा पोस्ट गरिनेछन् ।

सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र दृत्तीय पुरस्कार दिइनेछ । प्रथम पुरस्कार ४४ हजार र दृत्तीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ । भिडियो पठाउने अन्तिम मिति २७ चैत्र २०८० रहेको छ भने ११ बैशाख २०८१ सम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ ।

त्यस्तै हाइड्रोपवार उत्पादन र सेवासँग सम्बन्धित आइडियाहरु देखाउने प्रतिस्पर्धाका सहभागीहरुले भने आफ्ना रचनात्मक आइडियाहरु एक्स्पो अवधि २०८१ बैशाख १२ देखि १४ गतेभित्र एक्स्पो स्थल भृकुटीमण्डपमा देखाउनुपर्ने छ ।

यो प्रतिस्पर्धामा सहभागी हुन भने ५ जना सम्मको समुहलाई २५ सय रुपैयाँ सहभागिता शुल्क तोकिएको छ । यो शुल्कमा हरेक व्यक्तिलाई ३ दिनसम्म लञ्च कुपन उपलब्ध गराइने छ । यसमा पनि प्रथम हुने व्यक्ति वा समूहले ४४ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । द्वित्तीय र तृत्तीय हुनेले भने क्रमश २२ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एक्स्पोको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभाववारे सर्वसाधारणलाइ जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ अवधारणाहरुको वारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताए ।

३ दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन् । ५० हजार भन्दा धेरै अवलोकन कर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।


नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३६

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

वि.सं.२०८१ वैशाख १२ बुधवार १९:१५

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:२४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे...

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४०

काठमाडौँ । केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा...

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:३४

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट...

कनेक्ट आईपीएसको अफर : अब स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

कनेक्ट आईपीएसको अफर : अब स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:००

काठमाडौं । कनेक्ट आईपीएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउन...