back

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

nactional life

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित ’आगामी बजेट र उद्योगी तथा व्यवसायीका साझा मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा घिमिरेले नेपालमा अवैध रूपमा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार भइरहेको र त्यसले सरकारको राजस्व गुमिरहेको अवस्था रहेको बताए।

सरकारले निश्चित राजस्व लिने गरी कानुन बनाएरै सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउँदा नेपालको पैसा नेपालमा नै रहने अवस्था बन्नेसमेत उनले बताए। विदेशका केही मुलुकमा यो अभ्यास प्रयोगमा रहेको र धेरै नेपालीले मोबाइल स्टोरहरूबाट नै आधिकारिक बिल लिएरै सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्ने गरेको उनले जानकारी दिए।

घिमिरेले मोबाइल व्यवसायीहरू ‘लक–अनलक’का कारण पनि मारमा पर्ने गरेको गुनासो गरे।
’मोबाइल बिग्रेर बनाउन हामीकहाँ आइपुग्छ, लक भएको खोल्न र पासवर्ड बिर्सेको अवस्थामा पनि मोबाइल हामीकहाँ आइपुग्छ, तर त्यो मोबाइल सम्बन्धित व्यक्तिको हो वा चोरीको हो हामीलाई जानकारी हुँदैन। अनलक गर्दा व्यवसायी प्रहरीको खोरमा पुग्ने अवस्था छ, यो अवस्थाको अन्त्य गर्न सरकारले प्रष्ट नीति बनाइदिनुपर्छ, हामी पालना गर्छौं,’ घिमिरेले भने।

उनले मोबाइल व्यवसायीहरू डिजिटल पेमेन्टका कारण पनि अप्ठेरोमा पर्ने गरेको गुनासो गरे। अनलाइन भुक्तानीमार्फत मोबाइल बिक्री गर्दा पनि प्रहरी प्रशासनबाट व्यवसायी फस्ने गरेको उनले सुनाए।

’मोबाइल खरिद वा बनाउन आउँदा ग्राहकले अनलाइन पेमेन्ट गर्दा कहिलेकाहीँ व्यवसायी फस्ने गरेका छन्। हामीलाई पेमेन्ट भएको रकम कहाँबाट आएको हो, जानकारी हुँदैन। तर त्यो रकम ठगीको परेको अवस्थामा खोजी हुँदा बिनाकारण व्यवसायी फस्ने गरेका छन्, यो अवस्थाको अन्त्य राज्यले गरेर सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ,’ घिमिरेले भने।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

वि.सं.२०८३ जेठ १० आइतवार १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य...

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वि.सं.२०८३ जेठ १० आइतवार १४:२२

काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम...