back

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ ।

सोमबार पोखरास्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी प्रदेश कार्यसमिति चयन गरेको हो । कार्यक्रम पूर्ण भक्ता दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारी, ईनास आबुधाबी च्याप्टरका क्षेत्रीय अध्यक्ष श्याम लाम्गातेसहित गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अरुण अधिकारीले नेपाली भान्छे, कुक तथा सेफहरूको विश्व बजारमा छुट्टै पहिचान स्थापित भइसकेको बताए । उनले नेपाली सेफहरू अहिले युरोप, मध्यपूर्व, अमेरिका, अष्ट्रेलिया तथा एसियाका विभिन्न मुलुकमा आफ्नो क्षमता, मेहनत र सिर्जनशीलताका कारण चर्चित बन्दै गएको उल्लेख गरे ।

उनका अनुसार नेपाली खानाको स्वाद, अनुशासन र कार्यकुशलताका कारण अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नेपाली सेफहरूको माग निरन्तर बढिरहेको छ । ‘आज नेपाली सेफहरू केवल श्रमिक होइनन्, नेपालका सांस्कृतिक दूतका रूपमा विश्वभर परिचित भइरहेका छन्,’ अध्यक्ष अधिकारीले बताए ।

उनले वैदेशिक रोजगारीलाई केवल सामान्य श्रममा सीमित नराखी दक्ष कुक तथा सेफ उत्पादनमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे ।

अध्यक्ष अधिकारीले नेपाली युवालाई पाककला क्षेत्रमा आकर्षित गर्न सीप, तालिम र अन्तर्राष्ट्रिय अवसरसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । उनले सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर नेपाली पाककलालाई विश्वस्तरमा स्थापित गर्ने अभियानमा आफूहरू सक्रिय रहेको पनि जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ साउन १२ मंगलवार १५:११

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:०२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १२ मंगलवार ०८:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ ७६ पैसामा कारोबार

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ ७६ पैसामा कारोबार

वि.सं.२०८३ साउन १२ मंगलवार ०८:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै 

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै 

वि.सं.२०८३ साउन ११ सोमवार १४:५२

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२ औँ...

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

वि.सं.२०८३ साउन ११ सोमवार १४:४९

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले...