back

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

nactional life

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

मंगलबार  ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन सरकार र नेपाल राष्ट्र बैंकले आईटी तथा सफ्टवेयर कम्पनीहरूका लागि विशेष वित्तीय नीति ल्याउनुपर्ने, सार्वजनिक खरिद प्रक्रियामा छुट्टै आईटी खरिद ऐन आवश्यक रहेको र आईटी उद्योगलाई औपचारिक रूपमा ‘उद्योग’को मान्यता दिनुपर्ने बताए।

अधिकारीले आईटी कम्पनीलाई १० वर्षसम्म १ प्रतिशत मात्र संस्थागत कर, निर्यातमा ८ प्रतिशत प्रोत्साहन अनुदान, दक्ष जनशक्तिका लागि व्यक्तिगत आयकर २५ प्रतिशतमा सीमित गर्ने तथा भ्याट फिर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै, रु. १० करोडसम्मका सरकारी आईटी ठेक्का नेपाली कम्पनीलाई मात्र दिनुपर्ने, ठूला आयोजनामा कम्तीमा ३० प्रतिशत काम स्थानीय कम्पनीलाई अनिवार्य रूपमा दिनुपर्ने र अमेरिका, बेलायत तथा अष्ट्रेलियासँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

उनले साइबर सुरक्षा, एआई सुशासन, क्लाउड सेवा, डाटा सेन्टर विकास, डिजिटल भुक्तानी प्रणाली र स्टार्टअप इकोसिस्टम सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै इन्टरनेट तथा टेलिकम क्षेत्रमा लगाइएको उच्च कर घटाउन सरकारसँग माग गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

वि.सं.२०८३ जेठ १० आइतवार १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य...

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वि.सं.२०८३ जेठ १० आइतवार १४:२२

काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम...