back

अष्ट्रेलियाको सिड्नीमा पुँजी बजार सम्बन्धि अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालकोअर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेकोईन्टरनेशनल ईन्स्टिचियूुट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा श्रोत ब्यक्तिका रुपमा रहनुभएका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीसंग अन्र्तक्रिया गर्नु भयको थियो।

अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए ।

कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए÷सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेकोथियो। उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको बिबिध परिदृश्यहरुका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्वन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराएका थिए ।

नेपालको पुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए ।

उक्त कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको अधिकार सहितको नागरिकता र लगानी सहजिकरणका बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा राजनीतिक बाहेक अन्य अधिकारको बिषयमा भएका पछिल्ला गतिविधिहरुका बारेमा समेत पोखरेलले चिन्ता व्यक्त गरेका थिए ।

पोखरेलले नेपालको पुँजी बजारमा आवश्यक पर्दा एनआरएनहरुले लगानी वापतको आम्दानी सँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा समेत चासो व्यक्त गरे ।

nactional life
Corporatebazar 11 Anniversary

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:०२

काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी...

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:४९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ...

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:०१

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको...

अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने

अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १०:११

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको १७ औँ युरोप...

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:५३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी...

पोखरा महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाको गर्जन: ‘अब पद धान्ने होइन, परिवर्तनको नेतृत्व गर्ने टोली चाहिन्छ’

पोखरा महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाको गर्जन: ‘अब पद धान्ने होइन, परिवर्तनको नेतृत्व गर्ने टोली चाहिन्छ’

वि.सं.२०८३ वैशाख २७ आइतवार १४:०१

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन...