back
Naima

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक ड्रिप कफी मेकर बजारमा ल्याएको छ । यसअघि सार्वजनिक गरिएको एस्प्रेसो मेकरको सफलतापछि कम्पनीले नेपालमा बढ्दो कफी संस्कृति र चिसो मौसमलाई मध्यनजर गर्दै यो नयाँ उपकरण सार्वजनिक गरेको हो ।

घर वा कार्यालयमै क्याफे जस्तै फ्रेस ब्रुअड कफीको स्वाद लिन चाहने उपभोक्ताहरूका लागि यो मेसिन उत्कृष्ट विकल्प हुने कम्पनीले विश्वास लिएको छ । विशेष गरी ठूला परिवार र कर्पोरेट कार्यालयहरूलाई लक्षित गरी ल्याइएको यस ड्रिप कफी मेकरमा १.२५ लिटर क्षमताको ग्लास क्याराफे (सिसाको जग) रहेको छ । ७५० वाटको शक्तिशाली पर्फर्मेन्स क्षमता भएको यो मेसिनले निकै कम समयमा कफी तयार पार्छ ।

यसमा कफी बनेको ४० मिनेट पछिसम्म पनि तातो र ताजा राखिरहन विशेष वर्मिङ प्लेट जडान गरिएको छ । साथै, कफी चुहिनबाट रोक्न एन्टी–ड्रिप स्टप मेकानिजम र सुरक्षाका लागि अटो–सट अफ तथा बोइल ड्राई प्रोटेक्सन जस्ता स्मार्ट सुविधाहरू समेत समावेश छन् ।

आकर्षक ब्ल्याक र सिल्भर प्रिमियम फिनिसिङमा उपलब्ध यो कफी मेकर देशभरका २८ वटा सीजी डिजिटल शोरुम, आधिकारिक बिक्रेता र अनलाइन पोर्टल मार्फत खरिद गर्न सकिन्छ । सीजीले ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको भरपर्दो प्राविधिक सहयोगको सुनिश्चितता समेत गरेको छ । नेपालमा कफी पिउने संस्कार जीवनशैलीकै रूपमा विकास भइरहेको अवस्थामा यसले उपभोक्ताको भान्सालाई अझ स्मार्ट र आधुनिक बनाउने कम्पनीको दाबी छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...