back
nactional

क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ ।

राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार एक विशेष समारोह माझ ‘इन्फोडेभलर्स क्यान इन्फोटेक २०२३ ईन एसोसिएन विथ डिशहोम फाइबरनेट’को समुद्घाटन गर्नुभएको थियो । सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरू सहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

६ दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधिप्रेमीले अवलोकन गर्नुभएको थियो ।

आइतबार क्यान इन्फोटेकको अन्तिम दिन काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री महेश बस्नेत, प्रतिधिसभाका सांसद दामोदर पौडेल र लगायतका विशिष्ट अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।

यस संस्करणको क्यान इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताउनुभयो । उहाँले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिनुभयो ।

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजकमा सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालि रहेको थियो भने एसोसिएट स्पोन्सरमा इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेट रहेको थियो । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हुवावे टेक्नोलोजी – इन नेपला, फर नेपाल र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।

टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आइएमई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्‍याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका थिए ।

प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको थियो । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत रहेका थिए । त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको थियो । यसरी प्रदर्शनीमा १५० बन्दा बढी स्टलको सहभागिता रहेको थियो ।

मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका थिए ।

क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रमसमेत गरिएको थियो, जसमा १९३ जना रक्तदानमा सहभागी भएका थिए । त्यस्तै अभियन्ता फाउन्डेसनले क्यान महासंघसँग सहकार्य गरी ६ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यसअन्तर्गत मधुमेह जाँच तथा परामर्शमा २४० जना, आँखा जाँच तथा परामर्शमा २३४ र दन्त जाँचमा २५३ गरी कुल ७२७ जनालाई सेवा प्रदान गरिएको थियो ।

त्यस्तै क्यान इन्फोटेकमा कोडिङ कम्पिटिसन, क्विज कन्टेस्ट, गेमिङ कम्पिटिसन, रोबो सकर कम्पिटिसन लगायत पनि सञ्चालन भएको थियो ।

यसैबीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२३ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । यसका लागि तयारी तीव्र पारिसकिएको उहाँको भनाइ थियो ।

क्यान आईसीटी सेमिनार २०२३ सम्पन्न

क्यान इन्फोटेक २०२३ को अवसर पारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आईसीटी सेमिनार आयोजना गरेको छ । यसअन्तर्गत माघ २५ देखि माघ २९ गतेसम्म विभिन्न ४ विषयमा आईसीटी सेमिनार गरिएको थियो ।

आयोजकका अनुसार माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया गरिएको थियो । त्यस्तै माघ २६ गते ब्लकचेन प्रविधि र फिनटेक विषय गरी दुई विषयमा सेमिनार आयोजना गरिएको थियो ।

त्यस्तै माघ २९ गते आइतबार नेपालमा इन्टरनेट इकोसिस्टम विषयमा सरोकारवालाबीच अन्तर्क्रिया गरिएको थियो । सो अवसरमा ब्यान्डविथ इस्यु, इन्टरनेको गुणस्तर, डेटा लिक लगायतका विषयमा इन्टरनेट सेवाप्रदायक, नियामक र उपभोक्ताको तर्फबाट वक्ताहरूले आफ्ना भनाइ राख्नुभएको थियो । साथै यूथ आजिएफ नेपालले इन्टरनेट सम्बन्धि जनचेतना स्कूल लेबलबाट नै हुनुपर्ने सरोकारवालाहरुले सोहि कार्यक्रममा नै बताए । सूचना प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला व्यक्तिहरू बीच सार्थक अन्तर्क्रिया गराउन क्यान इन्फोटेक सफल भएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।


क्यान महासंघबारे

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघरसंस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैरराजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ । क्यान सन् २०१५ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघमा रुपान्तरित भएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...