डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढ्यो

वि.सं.२०७९ वैशाख ३१ शनिवार

काठमाडौं । डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारीदिए ।
मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँघाटा रहेको जनाइएको छ ।

प्रकाशित समय : २१:१४ बजे