back
himalayan life

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ ।

महासंघका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित भएको संकल्प प्रश्तावलाई वर्तमान सरकारसंग तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

आफूहरुले विगत लामो समयदेखि शहरी खानेपानी क्षेत्रको सुधारका लागि पहल गर्दै आएको जनाउँदै भने, ‘खानेपानी क्षेत्रमा लगाइँदै आएको २५ प्रतिशत आयकर छुट गर्नेलगायतका विषयमा सरकार गम्भीर बन्नुपर्छ ।’

खानेपानीमा कर तथा भ्याट छुट, विद्युत महसुलमा सहुलियत, नगर विकास कोषको ऋणको ब्याजदर घटाउनुपर्ने, आयोजना निर्माणमा जनसहभागिता रकम कम गर्नुपर्ने तथा नेपालमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्नुपर्ने मागसहित राष्ट्रियसभाबाट २०८२ असार १२ गते सङ्कल्प प्रस्ताव पारित गराएको ओलीले बताए ।

‘यस क्षेत्रको सुधारको लागि राम्रो संकेत देखिदै गर्दा राजनीतिक परिवर्तन, निर्वाचन तथा नयाँ सरकार गठनका कारण कार्यान्वयनमा ढिलाइ भएपनि वर्तमान सरकारले त्यसको कायान्वयन गर्नेमा हामी आशावादी छौं,’ ओलीले थपे ।

आफूहरुले उठाएका मागहरुप्रति सरकार सकारात्मक हुँदै कार्यान्वयनको दिशातिर नगए संघर्ष गर्ने चेतावनी दिए । ‘हामीले उठाएका मागहरु पूरा नगरे ३ लाख कर्मचारीको रोजगारीको जिम्मा स्वयम सरकारलाई लगाउन बाध्य हुनेछौं,’ उनले भने ।

वर्तमान सरकारले खानेपानी क्षेत्रको संवेदनशीलतालाई ध्यान नदिएर भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर अपरिपक्व निर्णय गरेकोसमेत आरोप ओलीको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष रामचन्द्र उपाध्यायले महासंघको भोलि अर्थात २०८३ जेठ ८ गते राजधानी काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा ७ औं साधारण सभाको आयोजना गर्न लागेको र सो साधारसभाबाट शहरी खानेपानी तथा सरसफाइको विषयमा महत्वपूर्ण निर्णय गर्ने पनि जनाए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

वि.सं.२०८३ असार २३ मंगलवार १२:४५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ...

नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 

नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 

वि.सं.२०८३ असार २२ सोमवार ११:४२

काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य नौं सय रुपैयाँले...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २२ सोमवार १०:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार २२ सोमवार १०:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

वि.सं.२०८३ असार २१ आइतवार १८:१०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले...

मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ :अध्यक्ष श्रेष्ठ

मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ :अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार २१ आइतवार १५:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी...