back

आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुआत

जाजरकोट। जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण सुरु भएको ३६ वर्षपछि कामको सुरुआत भएको छ।

बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना विसं २०४२ मा काम सुरु भएको थियो भने अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ।

भुरचौरको सिँचाइ योजना विसं २०४३ मा सुरु भएर बीचमै अलपत्र परेको थियो। नायकवाडाको सिँचाइ आयोजना तत्कालीन वन सहायकमन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भए पनि बीचमै काम रोकिएको थियो। यी दुवै आयोजना निर्माण गर्नका लागि पहल नहुँदा रोकिएको अवस्थामा थिए।

कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले माघ २३ गते पद बहाली गर्दा यी दुई आयोजना निर्माण गर्नका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिँदै कामको सुरुआत गरेका थिए। अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने भनेको निष्कर्ष निकालेको छ।

भुरचौर सिँचाइ आयोजनाबारे विस्तृत अध्ययन जारी रहेको बताएको छ। शुक्रबार मात्र कर्णालीका जलस्रोत तथा ऊर्जा विकासमन्त्री सिंहले सातै प्रदेशका र सङ्घीय सरकारको बीचमा प्रस्तावित सिँचाइ नीतिमाथिको छलफलको क्रममा यी दुई आयोजनाका विषयमा लिखित प्रस्ताव राखेका थिए। वर्षेनी नयाँ–नयाँ योजना प्रस्ताव हुने तर काम बीचमै छाडेर जाने कार्यले गर्दा भारी काम अलपत्र परेको भन्दै पुराना आयोजना सकिने मात्र नयाँमा जानुपर्ने अन्तक्र्रियामा सहभागीले जोड दिएका थिए। आयोजना छनोट गर्दा वस्तुवादी र लगानी उठ्ने हुनुपर्नेमा जोड दिइएको थियो।

कर्णालीको रिर्पोट खास धरातलबाट आएको भन्दै ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुलासले उच्च प्रशंसासमेत गरेका थिए। नायकवाडा सिँचाइ योजना निर्माण भएमा यहाँका दुईवटा वडाहरूको भारी जमिनमा सिञ्चित हुनेछन्।

वर्षेनी खाद्यान्न झेल्ने बारेकोटमा यो सिँचाइ योजनाले उत्पादनमा वृद्धि गरी आर्थिकरूपमा बलियो बनाउने स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए।

अहिले आकाशे पानीको भरमा नायकवाडा, मैनालगायतका ठाउँमा खेती हुँदै आएको छ। धानबाली लगाउँदा आकाशे पानी हेरेर मात्र रोपाइ हुने गरेको छ।

बारेकोट गाउँपालिकाको सबैभन्दा बढी खेतीयोग्य जमिन नायकबाडामै रहेको छ।

लगानी धेरै लाग्ने भएपछि यो आयोजना बीचमै अलपत्र परिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। करिब १२ किलोमिटर लामो नहरबाट नायकबाडामा पानी लिनुपर्ने अवस्था रहेको छ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको समेत यो आयोजनामा विशेष चासो रहेको छ। यो आयोजना निर्माण सुरु हुन थालेको सूचना पाएलगत्तै स्थानीयवासी खुसी भएका छन्।

उता भुरचौरमा तत्काल सिँचाइ तथा खानेपानी आपूर्ति गर्नका लागि प्रदेश सरकारकै पहलमा लिप्टमार्फत पानी तानेर समस्य हल भइरहेको छ। भेरी नदीबाट पानी तानेर पानी आपूर्ति गरिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए। बृहत् आयोजना भएकाले सानोतिनो लगानीले यी दुई आयोजना निर्माण गर्न नसकिने प्रमुख शाहीले बताए। आश मारिसकेको आयोजना निर्माण सुरु हुनलाग्यो भन्दा अधिकांशले जयजयकार गरेको प्रमुख शाहीले बताए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...