back

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ ।

चैत्र २५ गते शुक्रबार आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा बैंक सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्य मन्त्रि देवेन्द्र राज कंडेल गरेका हुन् ।

शाखाको उद्घघाटनमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित भएकालाई बैंकका सञ्चालक राहुल अग्रवालले कृतज्ञता ब्यक्त गरेका थिए । बैंकका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिबिधिहरु बारे प्रकाश पारे ।
उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कृष्ण बहादुर गुरुङले जनाए ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

 


नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

वि.सं.२०८१ फागुन २८ बुधवार ११:०७

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:१९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न...

७ महिनामा वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए?

७ महिनामा वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए?

वि.सं.२०८१ फागुन २६ सोमवार १२:२६

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा...

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति?

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति?

वि.सं.२०८१ फागुन २५ आइतवार १०:५८

काठमाडौं। नेपाल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम...

कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र बिच सम्झौता

कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र बिच सम्झौता

वि.सं.२०८१ फागुन २१ बुधवार ११:४६

काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाण्डौस्थित क्राउन...