back

सोनम कपुरको दिल्लीको घरमा चोरी

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहुजाको दिल्लीको घरमा चोरी भएको छ ।

उनीहरुको घरबाट चोरहरुले १ करोड ४१ लाख भारु बराबरका गरगहना र नगद चोरेका छन् । यस विषयमा प्रहरीले एफआईआर दर्ता गरेको छ ।

सोनमको नयाँ दिल्लीस्थित अमृता शेरगिल मार्गमा बनेको यो घरमा सोनमका ससुरा हरीश आहुजा, सासू प्रिया आहुजा र आनन्दकी हजुरआमा सरला आहुजा बस्छन्।

सोनमकी सासूले यस विषयमा तुघलक रोड प्रहरी चौकीमा उजुरी दिएकी छिन् र यो सम्पूर्ण विषयमा उनका स्टाफसँग छलफल भइरहेको छ । दिल्ली प्रहरीले चोरहरूलाई पक्रन टोली पनि बनाएको छ। यससँगै दिल्ली प्रहरीले घरका २५ कर्मचारी, ९ केयरटेकर, चालक, माली र अन्य कर्मचारीसँग सोधपुछ गरिरहेको छ ।

म्यानेजर तुघलक रोड प्रहरी चौकी पुगे

सोनमकी सासू सरला आहुजा र म्यानेजर रितेश गौरा चोरीको उजुरी गर्न २३ फेब्रुअरीमा तुघलक रोड प्रहरी चौकी पुगेका थिए ।

प्रहरीमा उजुरी दिँदै सरला आहुजाले कोठाको अलमिराबाट १ करोड ४० लाख रुपैयाँका गरगहना र १ लाख नगद चोरी भएको बताएकी छन् ।

उनले दुई वर्षअघि कपाटमा गहना रहेको तर फागुन ११ गते जाँच गर्दा गरगहना र नगद हराइरहेको बताए ।

प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले नजिकैको सीसीटीभी फुटेज पनि स्क्यान गरिरहेको छ र फोरेन्सिक टोलीको सहयोग लिने सोचमा छ । यो कुरा निकै पुरानो भइसकेको तर अहिले यो कुरा बाहिर आउन थालेपछि छिट्टै चोर पक्राउ पर्ने प्रहरीको विश्वास छ । सोनम र आनन्द भने मुम्बईमा बस्छन्।

 


अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२७

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता...

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१९

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।...

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:५१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि...

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१४

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको...

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १०:५४

काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा...

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१८

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्रीसेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका...