back

सोनम कपुरको दिल्लीको घरमा चोरी

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहुजाको दिल्लीको घरमा चोरी भएको छ ।

उनीहरुको घरबाट चोरहरुले १ करोड ४१ लाख भारु बराबरका गरगहना र नगद चोरेका छन् । यस विषयमा प्रहरीले एफआईआर दर्ता गरेको छ ।

सोनमको नयाँ दिल्लीस्थित अमृता शेरगिल मार्गमा बनेको यो घरमा सोनमका ससुरा हरीश आहुजा, सासू प्रिया आहुजा र आनन्दकी हजुरआमा सरला आहुजा बस्छन्।

सोनमकी सासूले यस विषयमा तुघलक रोड प्रहरी चौकीमा उजुरी दिएकी छिन् र यो सम्पूर्ण विषयमा उनका स्टाफसँग छलफल भइरहेको छ । दिल्ली प्रहरीले चोरहरूलाई पक्रन टोली पनि बनाएको छ। यससँगै दिल्ली प्रहरीले घरका २५ कर्मचारी, ९ केयरटेकर, चालक, माली र अन्य कर्मचारीसँग सोधपुछ गरिरहेको छ ।

म्यानेजर तुघलक रोड प्रहरी चौकी पुगे

सोनमकी सासू सरला आहुजा र म्यानेजर रितेश गौरा चोरीको उजुरी गर्न २३ फेब्रुअरीमा तुघलक रोड प्रहरी चौकी पुगेका थिए ।

प्रहरीमा उजुरी दिँदै सरला आहुजाले कोठाको अलमिराबाट १ करोड ४० लाख रुपैयाँका गरगहना र १ लाख नगद चोरी भएको बताएकी छन् ।

उनले दुई वर्षअघि कपाटमा गहना रहेको तर फागुन ११ गते जाँच गर्दा गरगहना र नगद हराइरहेको बताए ।

प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले नजिकैको सीसीटीभी फुटेज पनि स्क्यान गरिरहेको छ र फोरेन्सिक टोलीको सहयोग लिने सोचमा छ । यो कुरा निकै पुरानो भइसकेको तर अहिले यो कुरा बाहिर आउन थालेपछि छिट्टै चोर पक्राउ पर्ने प्रहरीको विश्वास छ । सोनम र आनन्द भने मुम्बईमा बस्छन्।

 

nactional life
Corporatebazar 11 Anniversary

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...