back
nactional

सूचना प्रविधि दिवसः सञ्चारमन्त्रीको शुुभकामना सन्देश

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुुभकामना व्यक्त गरेका छन् । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको उनले जारी गराएका शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा उनले भनेका छन्, “सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।” मन्त्री गुरुङले आजको युुग सूचना तथा सञ्चार प्रविधिको युुग हो । त्यसैले आधुनिक युुगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै ‘समृद्ध नेपालः सुुःखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य छ भन्दै सन्देशमा सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको बताए । “सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुुँच पुु¥याउन सरकारले सङ्घीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ”, सन्देशमा उनले भनेका छन् । “सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।” मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामूदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने र प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको बताए। “साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ”, उनले सन्देशमा भनेका छन् । मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन सबैलाई हार्दिक आह्वान गर्दै यस अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुुलुकलाई समृद्ध बनाउने अभियानमा संलग्न राष्ट्रिय÷अन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत व्यक्ति, सङ्घ, संस्थाहरुप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

Gen-Z आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

Gen-Z आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

वि.सं.२०८३ साउन २७ बुधवार १८:४७

आज अन्तर्राष्ट्रिय युवा दिवस । संसारका धेरै देशमा यो दिन...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

मक्का सम्झौता र भू–राजनीतिक तरङ्ग

मक्का सम्झौता र भू–राजनीतिक तरङ्ग

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२७

साउदी अरबको पवित्र सहर मक्कामा हालै साउदी अरब, टर्की र...