back
nactional

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी टक्सनको पाँचौँ पुस्ता (२०२७ मोडल) सार्वजनिक गरेको छ। कम्पनीले अघिल्लो पुस्ता बजारमा ल्याएको ६ वर्षपछि टक्सनलाई पूर्ण रूपमा नयाँ डिजाइन, फराकिलो क्याबिन र अत्याधुनिक प्रविधिहरूका साथ बजारमा उतारेको हो।
नयाँ टक्सनको बाहिरी बनावटमा व्यापक फेरबदल गरिएको छ। पुराना तिखा रेखा र प्यानलहरूको सट्टा यसमा बक्सी र बलियो लुक्स दिइएको छ। गाडीको अगाडिको भागमा कालो ग्रिल र त्यसको माथि पातलो फुल विथ लाइट बार राखिएको छ। कुनामा रहेका ठाढा डेटाइम रनिङ लाइटहरू वास्तुशास्त्रबाट प्रेरित ‘एच एज लाइटिंग’ प्रविधिमा आधारित छन्। हुन्डाईका अनुसार यो अगाडिको लाइट ‘आर्ट अफ स्टिल’ डिजाइन सिद्धान्तमा बनेको छ, जहाँ मुख्य प्रकाश स्रोत बाहिरबाट सीधा नदेखिएर यसको सतह निकै आकर्षक देखिन्छ। नयाँ टक्सनको पछाडि टेलगेटभरि फैलिएको लाइट बार दिइएको छ, जसको दुवैतिर ठाडो रातो लाइट र बिचमा अंग्रेजीमा ‘टक्सन’ अक्षरको माथि हुन्डाईको लोगो राखिएको छ।
नयाँ टक्सन अघिल्लो मोडलभन्दा ठूलो छ। यसको कुल लम्बाइ ४,७०० एमएम, चौडाइ १,९०५ एमएम र उचाइ १,६८५ एमएम छ भने यसमा २,७८५ एमएमको ह्वीलबेस पाउन सकिन्छ। अघिल्लो मोडलको तुलनामा यसको लम्बाइ ६० एमएम, ह्वीलबेस ३० एमएम र चौडाइ ४० एमएमले बढेको छ। ह्वीलबेस लम्बिएसँगै यसको दोस्रो लहरका यात्रुहरूका लागि हेडरुम २९ एमएमले बढेर १,०३१ एमएम पुगेको छ। साथै, यात्रुहरूलाई सजिलै छिर्न र निस्कन सघाउन पछाडिका ढोकाहरू ८३ डिग्रीसम्म खुल्ने बनाइएको छ।
यसको क्याबिन निकै आकर्षक र फिचर लोडेड छ। क्याबिनमा एउटै फ्रेमभित्र जोडिएका दुईवटा ठूला डिजिटल स्क्रीनहरू छन्। चालकका लागि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र दायँतिर नेभिगेसन तथा मिडियाका लागि ठूलो इन्फोटेनमेन्ट टचस्क्रीन उपलब्ध छ। टु स्पोक स्टेयरिङ ह्वीलमा भौतिक बटनहरू छन्।
ड्यासबोर्ड र ढोकाका प्यानलहरूमा सुन्तला रङको एम्बियन्ट लाइटिङ दिइएको छ भने सिट र ढोकामा हल्का रङको छाला प्रयोग गरिएको छ। यो गाडी आठवटा बाहिरी रङहरूमा उपलब्ध हुनेछ, जसमध्ये पाँचवटा नयाँ हुन्। साहसिक यात्रा मन पराउनेहरूका लागि थप रफ डिजाइन भएको एक्सअरटी ट्रिम पनि समावेश गरिएको छ। हुन्डाईले इन्जिनको विवरण भने खुलाएको छैन, तर अघिल्लो पुस्ताको जस्तै यसमा पनि हाइब्रिड र नन हाइब्रिड दुवै विकल्प निरन्तर रहने अनुमान छ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५७

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी...

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३५

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर माग र प्रतिस्पर्धा बढ्दो...

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

वि.सं.२०८३ भदौ ३ बुधवार १५:५२

काठमाडौं । नेपालको चर्चित अटोमोबाइल प्रदर्शनी ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा...

टाटा कार्निभलको चौथो संस्करण सुरु: पुरानो गाडी दिएर नयाँ पञ्च ईभी वा टियागो ईभी लैजान सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु: पुरानो गाडी दिएर नयाँ पञ्च ईभी वा टियागो ईभी लैजान सकिने

वि.सं.२०८३ भदौ ३ बुधवार १२:११

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक...

नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस इ-टेरेन पिकअपको उत्साहजनक बुकिङ, छुट सुविधा भदौ १५ सम्म थप

नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस इ-टेरेन पिकअपको उत्साहजनक बुकिङ, छुट सुविधा भदौ १५ सम्म थप

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३०

काठमाडौं ।  हिमालय अर्गनाइजेसन अन्तर्गतको आधिकारिक वितरक हिमालय मोटरक्स प्रा.लि.ले...

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

वि.सं.२०८३ भदौ २ मंगलवार १२:०३

काठमाडौँ । बैद्य इनर्जी प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित एथर नेपाल (Ather...