back
himalayan life

सिटिजन्स बैंकको १९औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फनल्याण्ड एन्ड बैंक्वेटमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेको छ। बैंकले आर्थिक वर्ष ०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ र १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ।

अध्यक्ष पाण्डेले शेयरधनीका सुझावअनुसार काम कारवाहीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सुशासन र अनुपालनालाई उच्चतम प्राथमिकतामा राखिने बताए। उनले बैंकप्रति शेयरधनी तथा अन्य सरोकारवालाले देखाउँदै आएको निरन्तर विश्वास र सहयोगप्रति धन्यवाद व्यक्त गरे।

गत वर्ष ‘बैंक अफ द ईयर २०२४’ उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले हालसालै डिजिटल र नवप्रवर्तनशील सेवामा तीव्र विस्तार गरेको छ। फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल कार्ड सञ्चालनमा ल्याउनुका साथै युवा तथा फ्रिलान्सर ग्राहकलाई लक्षित गर्दै “सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट” र “फ्रिलान्सर सेभिङ्स अकाउन्ट” सुरु गरेको छ।

बैंकले “सिटिजन्स डिजी बैंक सेवा” नामक समग्र अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ, जसमार्फत मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन सेवा लिन सकिने सुविधा उपलब्ध गराइएको छ। साथै क्रस बैंक टेलर सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंक शाखाबाट क्यूआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

सिटिजन्स बैंकले ६१ जिल्लाका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ५६ हजार ग्राहकलाई सेवा दिइरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...