नाफासँगै बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी
वि.सं.२०८२ कात्तिक २५ मंगलवार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ६७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.५६ गुणा रहेको छ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ८६ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ सञ्चित छ।
प्रकाशित समय : १०:५९ बजे





















