back

बीमा क्षेत्रको हितका लागि सबै स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताएका छन् ।

आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेका कारण बीमा दाबी भुक्तानी र मिस सेलिङको समस्या देखिएको बताएका हुन् । यि समस्याहरुबारे प्राधिकरणमा छलफल समेत भइसकेको बताउँदै दीर्घकलिन समाधानको उपाय खोजी भइरहेको उनको भनाइ छ । अध्यक्ष ओझाले बीमा कम्पनीहरुलाई छरिएर रहेका निर्देशनहरुलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको समेत बताए ।

बीमा कम्पनीहरुले भोगिरहेका समस्या समाधान र बीमा उद्योगलाई दिगो रुपमा विकास गर्न सहजता प्रदानको लागि एकीकृत निर्देशन जारी गर्न लागिएको जानकारी दिएका छन् । बीमितहरुले भोगिरहेका विभिन्न समस्याको समाधानको लागि पनि बिमकको वित्तीय स्वास्थ्य बलियो हुन आवश्यक रहेको भन्दै उनले एकिकृत निर्देशनले जरुरी रहेको बताए । उनले बीमा प्राधिकरणले हाल नियामकीय व्यवस्थाहरूलाई सुधार गर्न प्रारम्भिक कार्य गरिसकेको जानकारी दिए ।

‘हाम्रो मुख्य उद्देश्य बीमा बजारलाई व्यवस्थित बनाउँदै व्यवसायिक अभ्यास सुधार गर्नु हो’ कार्यक्रममा सम्वोधन गर्दै उनले भने, ‘यसका लागि सरोकारवालाहरूको सहकार्य आवश्यक छ ।’
कार्यक्रममा बोल्दै जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत प्रनिण रमन पराजुलीले बीमा ऐ्नलाई समय सापेक्ष बनाउनु आजको आवश्यकता रहेको बताए । यसका लागि प्राधिकरणले काम गर्नेमा आफूहरु ढुक्क रहेको उनको भनाइ छ ।

बीमा विज्ञ रबिन्द्र घिमिरेले बीमा प्राधिकरणले जति प्रभावकारी रुपमा कार्यक्रमहरु गर्नुपर्ने हो त्यो हुन नसकेको गुनासो गरे । एउटा कर्मचारीले सानो गल्ती गर्दा अर्बौंको जोखिम इन्सुरेन्सको थाप्लोमा आउने कारण प्राधिकरणले दक्ष जनशक्तिको उत्पादनको लागि गम्भिर रुपमा सोच्न आवश्यक रहेको धारणा राखे ।

यस्तै,इमान अध्यक्ष रोयल आचार्यले बीमाको इतिहास लामो भएपनि अझै धेरै नागरिकको माझमा बीमाको पहुँच पुर्याउन बाँकी रहेको औंल्याए । कार्यक्रममा बोल्दै निर्जिवन बीमक संघका महासचिव सुनिल बल्लभ पन्त, लघुबीमक संघका सचिव नरेश रोक्का, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायतले प्राधिकरणको नेतृत्वमा युवा पाउँदा आफूहरु खुसी भएको बताएका थिए ।

इमानले प्राधिकरणको अध्यक्ष नियुक्त भएकोमा ओझालाई सम्मान समेत गरेको छ । इमान अध्यक्ष रोयल आचार्यले प्राधिकरणका अध्यक्ष ओझालाई सम्मानपत्रसहित सम्मान गरे । आइतबार इमानले प्राधिकरणका नवनियुक्त अध्यक्षको सम्मान तथा ‘अबको बीमा क्षेत्र’ विषयक अन्तरक्रिया गरेको हो ।

nactional life
Corporatebazar 11 Anniversary

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...