सिद्धार्थ बैंकको ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा
वि.सं.२०८१ पुस ५ शुक्रवार
काठमाडौं । सिद्धार्थ बैंकले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
प्लाटिनम क्रेडिट कार्य भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो । कार्डलाई बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले सार्वजनिक गरे ।
प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्ट लंजमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन्। त्यस्तै, ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि यूएनओ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।
यो कार्ड प्रायोरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिने र यसलाई प्रयोग गर्ने ग्राहकहरुले बैंकिङ्ग सेवामा प्राथमिकता पाउने बैंकले बताएको छ। प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिने बैंकको भनाइ छ।
साथै उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरुलाई निःशुल्क अन्तरराष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको बैंकले जानकारी दिएको छ।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकको रहेको छ।
प्रकाशित समय : ११:२६ बजे





















