back

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब २७ करोड नाफा , कस्ता छन् अन्य सूचक ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा ३ करोड बढेको छ। बैंकले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष बैंकले १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब २४ करोड ८२ लाख २६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेर ४ अर्ब १८ करोड ३० लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन पनि १.५० प्रतिशत बढेर १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई ४.७१ प्रतिशत लाभांश दिन सक्ने नाफा कमाएको हो । बैंकको वितरणयोग्य नाफा ३३ करोड १८ लाख ४४ हजार रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा भने ३ अर्ब ५० करोड २७ लाख रुपैयाँ राखेको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १८ रुपैयाँ १५ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १४९ रुपैयाँ ७१ पैसा छ । बैंकसँग हाल २.२६ प्रतिशत खराब कर्जा छ । गत वर्ष बैंकले कुल १ खर्ब ९ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ९० करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...