back

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले २३.०९ प्रतिशत कम नाफा गरेको हो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेर ५ अर्ब ९० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको चुक्ता पुँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ र जगेडा कोष ३.७६ प्रतिशत घटेर ५ अर्ब ६७ करोड रुपैयाँ छ । गत वर्ष बैंकले निक्षेप संकलन २.४४ प्रतिशत बढाएर १ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ र कर्जा ०.७७ प्रतिशत बढाएर १ खर्ब २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ५.०९ रुपैयाँ घटेर १०.७६ रुपैयाँ कायम छ । बैंकको प्रतिसेयर नेटवर्थ १४८.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ ।

अघिल्लो वर्ष ०.८६ प्रतिशत खराब कर्जा रहेकोमा गत वर्ष बढेर १.५६ प्रतिशत पुगेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...