back

महालक्ष्मी विकास बैंकको नाफा साढे २४ प्रतिशतले बढ्यो: इपिएस पनि बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा साढे २४ प्रतिशत बढेको छ । गत वर्ष बैंकले कुल ४७ करोड १ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।यो नाफा अघिल्लो आवको तुलनामा २४.५२ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकले ३७ करोड ७५ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९३ करोड १६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको संचालन नाफा १८.६८ प्रतिशत बढेर ६७ करोड ७५ लाख रुपैयाँ कायम भएको छ।

गत वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई ४.२५ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ। गत वर्ष बैंकले १७ करोड ७१ लाख ३७ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ छ । बैंकको जगेडा तथा कोषमा भने ५५ अर्ब २१ करोड २ लाख रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि २ रुपैयाँ २२ पैसा बढेर ११ रुपैयाँ २७ पैसा पगेको छ । प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ४४ पैसा छ ।तर, बैंकको बिजेनस ग्रोथ भने राम्रो देखिएको छ। गत वर्ष बैंकको कुल निक्षेप संकलन ७.२१ प्रतिशत बढेर ५५ अर्ब २१ करोड २ लाख रुपैयाँ पुगेको छ। यता, कर्जा लगानी पनि ८.८६ प्रतिशत बढेर ४० अर्ब ४३ करोड ३७ लाख रुपैयाँ कायम भएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...