back

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले बीमकको जमानीमा सञ्चालक र शेयरधनीलाई कर्जा दिलाउन रोक लगाउने प्रावधानसहित बीमा ऐन २०२० मा संशोधन गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको संशोधन मस्यौदामा बीमक(बीमा कम्पनी) ले आफ्नो सम्पत्तीको धितोमा कम्पनीका सञ्चालक, शेयरधनी, उनीको परिवारजन वा सम्बन्धित व्यक्तिलाई वित्तीय संस्थाबाट ऋण दिलाउन नपाउने प्रावधान मस्यौदामा समेटेको छ।

स्थानीय अखबार द डेली स्टारका अनुसार आइडीआरएले बीमा कम्पनीको सञ्चालनलाई सुव्यवस्थित गर्नका लागि अन्य कानूनसँग बाझिएका केही प्रावधानहरुमा समेत संशोधन गरेको छ।

यसैगरी आइडिआरएको स्वीकृति लिएर बीमकले आफ्नो कारोबार आकारको आधारमा उचित संख्यामा एक्च्युअरी(बीमांकी) नियुक्त गर्नुपर्नेछ।

बीमांकीको योग्यता, जिम्मेवारी, आर्थिक लाभ र अन्य शर्तहरू नियामक निकायले निर्धारण गर्नेछ।

प्राधिकरणले बीमा क्षेत्रको विकास, सुशासन सुधार गर्न र बीमितको हित रक्षा गर्ने प्रयासको रुपमा बीमा ऐन २०१० लाई संशोधन गर्न लागिएको जानकारी दिएको छ।

प्राधिकरणले कूल १६० खण्ड भएका बीमा ऐनको कुल ५० खण्डमा कुनै न कुनै परिमार्जन गरेको छ।

संशोधन सहितको कानूनको मस्यौदा आईडीआरएको वेबसाइटमा मार्च २८ मा प्रकाशित गरिएको थियो।

आइडिआरएले अप्रिल २४ सम्ममा प्रस्तावित परिवर्तनबारे सुझाव दिन बीमक र सर्वसाधारणसँग अनुरोध गरेको छ।

एजेन्सीको सहयोगमा


नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:४८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:१३

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो...

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:०७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो...

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४२

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार...