back

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले झन्डै २० लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा राखेको हो ।

उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि बैशाख २४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


सेयर बजारमा गिरावट, यी हुन् सर्वाधिक गुमाउने कम्पनि

सेयर बजारमा गिरावट, यी हुन् सर्वाधिक गुमाउने कम्पनि

वि.सं.२०८१ चैत ४ सोमवार १५:५९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

क्रेस्ट माइक्रो लाइफको आइपीओ चैत ५ गते बाँडफाँड हुँदै

क्रेस्ट माइक्रो लाइफको आइपीओ चैत ५ गते बाँडफाँड हुँदै

वि.सं.२०८१ चैत ४ सोमवार ११:०३

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार चैत ५...

एभरेष्ट बैंकको बाँडफाँड, ब्याजदर कति ?

एभरेष्ट बैंकको बाँडफाँड, ब्याजदर कति ?

वि.सं.२०८१ चैत ४ सोमवार १०:५१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ ।...

आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट

आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८१ चैत ३ आइतवार १७:२५

काठमाडौं। आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।...

७ दिनपछि बढ्यो नेप्से, कति भयो कारोबार ?

७ दिनपछि बढ्यो नेप्से, कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २८ बुधवार १५:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २७ मंगलवार १५:२६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...