back

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

विदेशिदै गर्दा पनि हामी श्रमिकलाई घण्टौसम्म भोकै राख्छौ,”उनले भने । कम्तिमा पनि जहाज भित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तब्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् ।

यसरी वैदेशिक रोजगारीमा जादा घण्टौसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गरेका हुन् । “मुलुक भित्रै अवसरमा नपाएर युवाहरु विदेशिछिन् ।

विदेशिदै गर्दा पनि हामी श्रमिकलाई घण्टौसम्म भोकै राख्छौ,”उनले भने । कम्तिमा पनि जहाज भित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने बिषयमा व्यवसायीहरु पनि सकरात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए

। “यस बिषयमा हामीहरु पनि गम्भिर छौ । एयरलाईन्स कम्पनीहरुले व्यवसायिक फाईदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,” उनले भने ।

त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाईन्सलाई अनिवार्य रुपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाईदिनुपर्नै उनले बताए ।

नेपालबाट औसत एक हजार ५०० युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यि मुलुकहरुमा विभिन्न एयरलाईन्स उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपाल देखि मलेसियाका उडान भर्दै आएका छन् ।

हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपाल र कतार लागि उडान भर्दै आएका छन् ।

त्यस्तै, नेपाल देखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको भने एयर अरेयिबा, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् ।

सलाम एयरलाइन्सले ओमान र नेपाल बिच सिधै उडान भर्दै आएको छ भने फलाई दुबई, एयर जजिरा, एयर अरेयिबा, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन् ।

युएईका लागि भने हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फलाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज, सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् ।

कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् । तर, नेपाल एयरलाइन्स लगायत अन्य चार वटा एयरलाइन्सले मात्रै अनिवार्य रुपले खाना दिने गरेको व्यवसायीहरु बताउछन् ।

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका बिषयलाई व्यवहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए ।


वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:१२

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने...

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:३०

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२८

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...