back

प्रभु बैंक र क्लियरिङ हाउस विच क्रस बोर्डर कारोबार सम्झौता

काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबारभुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौतासम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र नेपाल क्लिरिङ हाउस (एनसिएचएल) विच सम्पन्न संझौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा १५ हजार रुपैंया भारतीय रुपैयाँ र मासिक १ लाख रुपैंयासम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको छ ।

हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजार सम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ ।

यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्वारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम्लाभ उठाउनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...