back

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ ।

वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बि.बि. (बिष्णु) ढकालले बताए। 

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो ।  गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालनका लागि सम्झौता गरिसकेको छ । 

वैशाख २ गते उक्त मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सो जलाशयमा तत्काल १ करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए । 

नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ ।

मोटरबोट सञ्चालनले मस्याङ्दीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ । 

जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन् । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा  आकर्षित गर्न सकिने उनको भनाइ छ ।

कम्पनीले थप ३ करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना छ ।

यस अघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।

कति लाग्छ शुल्क ?

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न २५० रुपैयाँ प्रतिव्यक्ति,  १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

कसरी पुग्ने ?

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेशन पुगिन्छ । सो स्टेशन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ । 

nactional life
Corporatebazar 11 Anniversary

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:१६

काठमाडौं । जीआइटीएफ २०२६ (गुआंगझौ अन्तर्राष्ट्रिय यात्रा मेला)को पूर्वसन्ध्यामा नेपालले...

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३५

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले...

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३३

बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...