back

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ ।

वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बि.बि. (बिष्णु) ढकालले बताए। 

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो ।  गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालनका लागि सम्झौता गरिसकेको छ । 

वैशाख २ गते उक्त मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सो जलाशयमा तत्काल १ करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए । 

नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ ।

मोटरबोट सञ्चालनले मस्याङ्दीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ । 

जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन् । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा  आकर्षित गर्न सकिने उनको भनाइ छ ।

कम्पनीले थप ३ करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना छ ।

यस अघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।

कति लाग्छ शुल्क ?

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न २५० रुपैयाँ प्रतिव्यक्ति,  १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

कसरी पुग्ने ?

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेशन पुगिन्छ । सो स्टेशन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ । 


सगरमाथा संवाद आज समापन हुँदै

सगरमाथा संवाद आज समापन हुँदै

वि.सं.२०८२ जेठ ४ आइतवार ११:५४

काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य...

संघीय निजामती विधेयकमाथिको विवाद अन्त्य, उत्साह थप्यो, कार्यान्वयनको प्रतिक्षा

संघीय निजामती विधेयकमाथिको विवाद अन्त्य, उत्साह थप्यो, कार्यान्वयनको प्रतिक्षा

वि.सं.२०८२ जेठ ३ शनिवार १०:०४

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक...

१५ अर्ब रुपैयाँमा त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, अझै डेढ बर्ष लाग्ने

१५ अर्ब रुपैयाँमा त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, अझै डेढ बर्ष लाग्ने

वि.सं.२०८२ जेठ २ शुक्रवार १४:५२

काठमाडौं । त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न...

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

वि.सं.२०८२ जेठ २ शुक्रवार १०:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व...

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०७

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर...

भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:४२

काठमाडौं । एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको...