back

वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब ३० करोड, सबैभन्दा धेरै कमाउनेमा नबिल बैंक, अन्य कुनको बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात, फागुनसम्म वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुले उक्त रकम बराबरको आम्दानी गरेका हुन् । गत वर्षको सोही अवधिमा यिनीहरुले ४८ अर्ब ८३ करोड नाफा कमाएका थिए । गत वर्षको तुलनामा यो १३ प्रतिशतले कम हो ।

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

त्यस्तै, प्राईम बैंकले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ , राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ र स्टान्डर्ड चार्टड बैंकले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

साथै, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ८२ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख रुपैयाँ, सिटिजन बैंकले १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ८ लाख रुपैंया नाफा आर्जन गरेका छन् ।


निर्माण व्यवसायीको भुक्तानी एक हप्ता भित्र हुन्छः अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीको भुक्तानी एक हप्ता भित्र हुन्छः अर्थमन्त्री पौडेल

वि.सं.२०८१ मंसिर २२ शनिवार १७:१२

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र...

भुटानका राजा वाङचुक काठमार्डौमा

भुटानका राजा वाङचुक काठमार्डौमा

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ११:५८

काठडमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आइपुगेका...

सेबोनका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण, पुँजीबजारको दायरा विस्तार गर्दै लगानीकर्ताका हितमा काम गर्ने

सेबोनका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण, पुँजीबजारको दायरा विस्तार गर्दै लगानीकर्ताका हितमा काम गर्ने

वि.सं.२०८१ मंसिर १२ बुधवार ११:२१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण...

बीवाईडीद्वारा ३० औं वार्षिकोत्सवको अवसरमा १ करोडौं एनइभी उत्पादन

बीवाईडीद्वारा ३० औं वार्षिकोत्सवको अवसरमा १ करोडौं एनइभी उत्पादन

वि.सं.२०८१ मंसिर ६ बिहीवार १७:१७

काठमाडौं । विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन एनइभी (NEV) र...

कार्तिकमा ३७ अर्ब ८६ करोड उठ्यो आन्तरिक राजस्व

कार्तिकमा ३७ अर्ब ८६ करोड उठ्यो आन्तरिक राजस्व

वि.सं.२०८१ मंसिर ४ मंगलवार १३:१४

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक महिनामा ३७ अर्ब ८६...

विश्वमै चर्चित राष्ट्रपती डोनल्ड ट्रम्प : अब विश्वव्यापी ४ वटा मुद्दाहरु के होलान् ?

विश्वमै चर्चित राष्ट्रपती डोनल्ड ट्रम्प : अब विश्वव्यापी ४ वटा मुद्दाहरु के होलान् ?

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:२८

काठमाडौं । अन्ततः संयुक्त राज्य अमेरिकामा फेरि डोनाल्ड ट्रम्प आएका...