सिटिजन्स बैंकका ग्राहकले मेदान्त हस्पिटलमा विशेष छुट पाउने
वि.सं.२०७९ फागुन १४ आइतवार
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र मेदान्त हस्पिटलबीच सम्झौता भएको छ ।
भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पताल र बैंकबीच बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो ।
मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे ।
यस किसिमको सहकार्यबाट आफ्ना उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकालेलाभ लिइरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थपसहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तोकिसिमको सुविधा विगत ३ वर्षदेखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्गईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १४:४७ बजे






















