सिटिजन लाइफको डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा
वि.सं.२०७९ फागुन १४ आइतवार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बिहीबारकाठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त सिस्टम सञ्चालनमा ल्याएको हो ।
कम्पनीले आफ्ना ग्राहकको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई सेवा सँगको सहकार्यमा यस सिस्टम सञ्चालनमा ल्याएको हो ।उक्त सिस्टमको उद्घाटन कम्पनीका एक बीमितद्वारा बीमाशुल्कको प्रत्यक्ष भुक्तानी लाइभ पेमेन्ट गरी गरिएको हो ।
डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवाले हरेक कारोबारको लागि फरक फरक क्युआर सिर्जना गर्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममाअपडेट हुने कम्पनीले जनाएको छ । यस प्रकारको सिस्टमले सम्पत्ति शुद्धिकरणमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
यससँगै अब सिटिजन लाइफको १४० शाखा तथा उपशाखा कार्यालयहरुबाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिनेकम्पनीले जनाएको छ ।
सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्धगराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डायनामिक क्युआर पेमेन्टसिस्टमको माध्यमबाट बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित समय : १२:५९ बजे






















