एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न
वि.सं.२०७९ फागुन १४ आइतवार
काठमाडौं । एशियन हाइड्रोपावरको आइपिओ आज (आइतबार) बिहान बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६९ हजार ७२० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयरपाएका छन्।
उक्त आइपिओमा कुल १४ लाख ३२ हजार २२२ जना आवेदकले आवेदन दिएकामा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको बिक्रीप्रबन्धकले जानकारी दिएको छ।
कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म ६ लाख ९७ हजार २०० कित्ता आइपिओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासनगरिसकेको छ।
यस्तै, ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरेर कम्पनीका कर्मचारीहरूको लागि १६ हजार ८०० कित्ता सेयरसुरक्षित गरेर बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको हो।
यी तरिकाबाट हेर्न सकिन्छ नतिजा
आइपीओको नतिजा भने केही समयपछि हेर्न सकिनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न आइपीओ नतिजा ३ तरिकाबाट हेर्न सकिनेछ।जसअनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np, सिडीएससीको मेरो शेयरकोवेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटhttp://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
प्रकाशित समय : १४:५१ बजे





















