back

बैंक, वित्त क्षेत्रमा कसले पाए सरकारी सम्मान पदक (विवरणसहित)

काठमाडौं। सरकारले बैंक वित्त क्षेत्रका विभिन्न व्यक्ति, उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बैंक, वित्त क्षेत्र, उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको हो ।

सरकारले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना, एनएमबी बैंकका सीईओ सुनिल केसी, व्यवसायी कुशुम लामा र बैंकर शिक्षा भट्टचनलाई प्रबल जनसेवाश्री पदकमार्फत पदक प्रदान गरेको छ । सीईओ ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्वअध्यक्ष हुनुहुन्छ भने सीईओ केसी संघको वर्तमान कार्यसमिति उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै व्यवसायी लामा लामो समय वित्तीय क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

त्यस्तै बैंकर शिक्षा भट्टचनलाई विकास रत्न प्रदान गरेको छ । यसैगरी प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुकमिणाकुमारी ज्ञवाली र बीमक सञ्चित बज्राचार्य पनि राष्ट्र यशोवद्र्धक सम्मान पदक प्रदान गरिएको छ । प्रभु इन्सुरेन्सका सिईओ बज्राचार्यले राष्ट्र यशोवद्र्धक सम्मान पाउनुभएको छ ।

यस्तै सहकारी अभियन्ता मिनराज कँडेल, केवि उप्रेती र सहकारीकर्मी शशी खड्का गुरुङलाई सुप्रबल जनसेवाश्री पदकद्वारा विभूषित गरिएको छ ।

स्व.उद्योग व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभुषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदिप पदकबाट विभुषित गरेको छ ।

त्यस्तै, पर्यटन व्यवसायीहरुमा राम थापा र रामबहादुर कोइरी, खुमबहादुर सुवेदी पदकबाट विभुषित हुनुभएको छ ।

मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मोरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा विभुषित हुनुभएको छ ।

यस्तै सरकारले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाललाई पनि उक्त पदक प्रदान गरिएको छ ।


Kageshwori manohara
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:५७

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा...

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:४२

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल रुपन्देही स्थित...

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : नेपाल राष्ट्र बैंक

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिका लहलहैमा लागेर पैसा...

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

वि.सं.२०८० मंसिर ११ सोमवार २१:२५

काठमाडौँ । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाडौँ इन्ष्टिच्यूट अफ...

सिटिजन्स बैंकका ग्राहकलाई हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीमा विशेष छुट

वि.सं.२०८० मंसिर ११ सोमवार २१:१०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र माहादेवस्थान, काठमाडौं स्थित...

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्वस्तिक बगैँचा’को पुन: निर्माणका लागि निरन्तर सहकार्य

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्वस्तिक बगैँचा’को पुन: निर्माणका लागि निरन्तर सहकार्य

वि.सं.२०८० मंसिर ११ सोमवार २१:०२

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ५,...