back

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सब–ब्राण्डको नामबाट ७ अक्टोबर २०२२ मा लन्च गर्न लागेको छ । पहिलो पटक सो स्कुटर १ जुलाई २०२१ मा प्रस्तुत गरिएको थियो । यसको मूल्य करिब १ लाख भारु हुने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार कम्पनीले आफ्ना डिलर, लगानीकर्ता र विश्वव्यापी वितरकलाई सो स्कुटरको लन्चको लागि निमन्त्रणा पठाइसकेको छ । यसको लन्चिङ कार्यक्रम राजस्थानको राजधानी जयपुरमा आयोजना हुनेछ ।

हालसम्म कम्पनीले नयाँ हिरो इलेक्ट्रिक स्कुटरको स्पेसिफिकेसन्स र फिचरको बारेमा खुलासा गरेको छैन । भारतीय बजारमा लन्च भएपछि हिरोको इलेक्ट्रिक स्कुटरले टीभीएस आईक्युब, बजाज चेतक र अन्य ब्राण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

हिरोको नयाँ ई–स्कुटर जयपुरको आर एन्ड डी हब सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजीमा विकास गरिएको हो र आन्ध्र प्रदेशमा रहेको कम्पनीको प्लान्टमा निर्माण गरिने छ ।

हिरोले दुई नयाँ ३०० सीसी बाइकमा पनि काम गरिरहेको छ । एक्सट्रिम एस र एक्सपल्सको परीक्षण भइरहेको छ । सो दुबै बाइक नयाँ प्लेटफर्ममा आधारित छ र हाई पावर आउटपुटको लागि ट्युन गरिएको ३०० सीसी इन्जिन प्रयोग गरिएको छ ।

हिरो एक्सट्रिम एस फुल फेयर्ड बाइक हुनेछ भने एक्सपल्स नयाँ एड्भेन्चर बाइक हुनेछ । परीक्षणका क्रममा देखिएका मोडलमा पेटल डिस्क, रेड ट्रेलिस फ्रेम, क्लच कभर, क्रोम फिनिस्ड साइड स्ट्यान्ड र स्विङआर्मसहितको फ्रन्ट स्पोक ह्विल समावेश छ ।


एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

वि.सं.२०७९ असोज ९ आइतवार ११:२६

काठमाडौं । विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन...

नेपाली बजारमा भित्रियो नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरिएन्ट, केके छ फिचर ?

नेपाली बजारमा भित्रियो नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरिएन्ट, केके छ फिचर ?

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:३१

काठमाडौं। नेपाली बजारमा नेक्सन ईभीको नयाँ भेरिएन्ट ‘प्राइम’ भित्रिएको छ...

नाडा ईभी एक्स्पोमा यस्तो छ हिरो इलेक्ट्रिक स्कुटरमा नगदसहित आकर्षक गिफ्ट

नाडा ईभी एक्स्पोमा यस्तो छ हिरो इलेक्ट्रिक स्कुटरमा नगदसहित आकर्षक गिफ्ट

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:२५

काठमाडौं। भृकुटीमण्डपमा जारी नाडा ईभी एक्सपोमा हिरो इलेक्ट्रिक स्कुटरमा आकर्षक...

विजुली होइन, विद्युतीय सामग्री निर्यात गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ

विजुली होइन, विद्युतीय सामग्री निर्यात गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:१९

काठमाडौं। नेपालले वार्षिक तीन खर्बको पेट्रोलियम पर्दाथ आयात गर्दा देशको...

बजार तताउँदै ‘किया निरो इभी’ : कति पर्छ मूल्य ?

बजार तताउँदै ‘किया निरो इभी’ : कति पर्छ मूल्य ?

वि.सं.२०७९ असोज ३ सोमवार २३:११

काठमाडौं । किया निरो इभी नेपालीहरुको रोजाईमा परेको छ ।...

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

वि.सं.२०७९ असोज ३ सोमवार २२:२८

काठमाडौं। बजाज पल्सर एन१६० र एन२५० को बुकिङ खुल्ला गरिएको...