back
skip this Samagra

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

काठमाडौं। बजाज पल्सर एन१६० र एन२५० को बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यी दुई बाइकको बुकिङ खुल्ला भएको बताएको छ ।

विभिन्न सोरुमहरुमार्फत यी बाइक बुकिङ गर्न सकिने छ । पल्सर एन१६० को मूल्य ३ लाख ७९ हजार ९ सय र एन२५० को मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

हाल नेपाली बजारमा १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात गर्न पाइदैन । तर बजाजका बाइक नेपालमै एसेम्बल हुने भएकाले कम्पनीलाई असर परेको छैन ।

पल्सर एन१६० नेकेड स्पोर्ट बाइक हो । नयाँ बजाज पल्सर एन१६० मा पहिले जस्तै १६४.८२ सीसी, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १६ बीएचपीको अधिकतम पावर र १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स जडान गरिएको छ । ड्युअल च्यानल भेरिएन्टमा ३०० एमएम फ्रन्ट डिस्क र सिंगल च्यानल भेरिएन्टमा २८० एमएम फ्रन्ट डिस्क जडान गरिएको छ ।

पल्सर एन२५० को केही डिजाइन पल्सर एनएस२०० जस्तै राखिएको छ । बाइकको स्टाइलिङमा प्रमुख फ्रन्ट फेसिया हो, जसमा स्लिम एलईडी डीआरएलले घेरिएको एलईडी प्रोजेक्टर समावेश छ । यसमा शार्प फ्युल ट्यांक एक्सटेन्सन, स्लीक र रेक्ड टेल सेक्सनले बाइकलाई आक्रामक बनाएको छ ।

बजाज पल्सर एन२५० मा नयाँ २५०सीसी, आयल–कूल्ड इन्जिन समावेश गरेको छ । जसले २४.१ बीएचपीको पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ५ स्पिड गियरबक्स जोडिएको छ ।

 


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...