back
himalayan life

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

काठमाडौं। बजाज पल्सर एन१६० र एन२५० को बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यी दुई बाइकको बुकिङ खुल्ला भएको बताएको छ ।

विभिन्न सोरुमहरुमार्फत यी बाइक बुकिङ गर्न सकिने छ । पल्सर एन१६० को मूल्य ३ लाख ७९ हजार ९ सय र एन२५० को मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

हाल नेपाली बजारमा १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात गर्न पाइदैन । तर बजाजका बाइक नेपालमै एसेम्बल हुने भएकाले कम्पनीलाई असर परेको छैन ।

पल्सर एन१६० नेकेड स्पोर्ट बाइक हो । नयाँ बजाज पल्सर एन१६० मा पहिले जस्तै १६४.८२ सीसी, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १६ बीएचपीको अधिकतम पावर र १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स जडान गरिएको छ । ड्युअल च्यानल भेरिएन्टमा ३०० एमएम फ्रन्ट डिस्क र सिंगल च्यानल भेरिएन्टमा २८० एमएम फ्रन्ट डिस्क जडान गरिएको छ ।

पल्सर एन२५० को केही डिजाइन पल्सर एनएस२०० जस्तै राखिएको छ । बाइकको स्टाइलिङमा प्रमुख फ्रन्ट फेसिया हो, जसमा स्लिम एलईडी डीआरएलले घेरिएको एलईडी प्रोजेक्टर समावेश छ । यसमा शार्प फ्युल ट्यांक एक्सटेन्सन, स्लीक र रेक्ड टेल सेक्सनले बाइकलाई आक्रामक बनाएको छ ।

बजाज पल्सर एन२५० मा नयाँ २५०सीसी, आयल–कूल्ड इन्जिन समावेश गरेको छ । जसले २४.१ बीएचपीको पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ५ स्पिड गियरबक्स जोडिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...