back

सेञ्चुरी बैंकले वैशाख २१ गतेदेखि २.२० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, कति कित्तासम्म आवेदन दिन पाईने, ब्याजदर कति छ ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैशाख २१ गतेदखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकको ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्रको अवधि १० वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ ।

जसमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकको उक्त ऋणपत्रमा छिटोमा वैशाख २५ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ ।

सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:१३

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा...