back

नयाँ सामसुङ ग्यालेक्सी एफ २२को प्रि–बुकिङ सुरु, दराजसँग समझदारी

काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार दराजले सामुसङ नेपालसँग साजेदारी गरी नयाँ ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ सुरु भएको घोषणा गरेको छ।
ग्यालेक्सी एफ २२ को लन्चसँगै सामसुङको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिँदैछ। ग्राहक अब दराज एपमार्फत साउन ६ देखि ग्यालेक्सी एफ२२को प्रि–बुकिङ गर्न सक्नेछन्।

सामसुङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडियाटेक हिलियो जी ८० प्रोसेसोरले सुसज्जित छ र यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ। शक्तिशाली र सुदृढ प्रदर्शन यो फोनको आकर्षण हो।

सैगरी सामुसङ ग्यालेक्सी एफ २२ को डिस्प्लेको कुरा गर्दा यो फोन मा ६.४” यच डी+ इन्फिनिटी–यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिङ गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित राखिएको छ।

यसैगरी ग्यालेक्सी ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यूआई कोर ३१ मा चल्छ भने यसले प्रयोगकर्तालाई सरल डिजाइन दिनका साथ फोनलाई आफूअनुकूल बनाउन सकिन्छ। सुरक्षाका लागिका फोनको छेउपट्टि फिंगर प्रिन्ट स्क्यानर र अगाडिको क्यामेरामा फेस अनलकको फिचर उपलब्ध छ।

क्यामेराकोको कुरा गर्दा ग्यालक्सी एफ२२ मा क्वाड क्यामेरा सेटअप रहेको छ। जसमा ४८ एमपी वाइड क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा, २ एमपी देप्थ साथै एलईडी फ्ल्यास, प्यानारोमा र एसडीआरजस्ता अन्य फिचर्सहरु रहेका छन्। यो क्वाड सेटपले सुन्दर तस्बिर र हाई रेजोलुसन भिडियोहरु खिच्न सरल रुपमा सम्भव बनाउँदछ। यसका साथै फ्रन्ट क्यामेरा ८ एमपीको रहेको छ। जसबाट स्पष्ट र प्राकृतिक फोटोहरु सजिलैसँग खिच्न सकिन्छ। क्यामेराका थप अन्य विशेषताहरु भने फुड मोड, हाइपरल्याप्स, स्लो मोसन, एआर जोन र प्रो मोड रहेको कम्पनीले जनाएको छ।

अब सामसुङ ग्यालेक्सी एफ २२ साउन ३ (जुलाई २१) देखि दराजमा प्रि–बुकिङका लागि उपलब्ध हुनेछ भने साउन ९ देखि सिपिङका लागि उपलब्ध हुनेछ।

दराजले अहिले नेपालका ४७ भन्दा बढी सहरमा डेलिभर गर्दछ र दराजमार्फत ग्राहकले यो फोन आफ्नो घरको ढोकामै मगाउन सक्नेछन्। एक वर्षको ब्रान्ड वारेन्टी र १४ दिन रिटर्न पोलिसीको पनि ग्राहकले मज्जा लिन सक्नेछन्।

यसैगरी ग्राहकले ग्यालक्सी एफ२२लाई दराजमार्फत ० प्रतिशत ब्याज ईएमआईमा पनि खरिद गर्न सक्दछन्। ग्यालेक्सी दुई एफ२२ भेरियन्टमा उपलब्ध छन्– ४ जीबी राम÷६४ जीबी स्टोरेज, र ६ जीबी राम÷१२ जीबी स्टोरेज।

४ जीबीको मूल्य २० हजार ४९९ र ६ जीबी को मूल्य २३ हजार ९९९ रहेको छ। ग्यालक्सी एफ२२ कालो र लाइट ब्लुमा उपलब्ध छ।

यसैगरी दराज महाबचात बजारमा खरिद गरे थप छुटहरु प्राप्त गर्न सक्छन्। महाबचत बजारमा कुनै पनि सामान खरिद गरे ग्राहकले म्याक बुक प्रो १३ पनि जित्ने मौका पाउनेछन्।

२०७८ साउन ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...