back

टोकियो ओलम्पिकको उद्घाटनमा १५ देश र सङ्गठनका प्रमुख सहभागी हुने

टोकियो । जापानको राजधानी टोकियोमा शुक्रबारदेखि हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भने, ‘१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा सहभागी हुने देखिएको छ ।”

शीर्ष नेताहरुको उपस्थीतिलाई आफूहरुले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग गरिने उहाँले जानकारी दिए । महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, राम्रा अभ्यास, अनुभव र सहयोग आदान प्रदानका सन्दर्भमा पनि नेताहरुको उपस्थिति उपलब्धिमूलक हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।

अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो । प्रतियोगिता यही जुलाई २३ मा सुरु भई आगामी अगस्ट ८ मा सकिने तय भएको छ । प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरु अहिले टोकियो पुगिसकेका छन् । प्रतियोगितामा कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

२०७८ साउन ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...